नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले म्यानमारसँग खेल्दै

फाइल तस्बिर

चीनमा जारी बी एण्ड आर कप टीण्ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले म्यानमारसँग खेल्दैछ ।

संघाईमा जारी प्रतियोगिताको अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालले म्यानमारसँग बिहिबार खेल्न लागेको हो ।

यस अघि नेपालले पहिलो खेलमा थाइल्याण्डसँग २९ रनको हार व्यहोर्दा दोस्रो खेलमा चीनलाई ८ विकेटले हराएको थियो। म्यानमारविरुद्ध नेपाल सहज जितको खोजीमा मैदान उत्रने छ । किनकी म्यानमार तुलनात्मक रुपमा नेपालको सहज प्रतिद्वन्दी हो ।

म्यानमारपछि नेपालले अन्तिम खेलमा शुक्रबार मलेसियासँग खेल्नेछ ।

प्रकाशित मिति: : 2019-11-14 08:30:08

प्रतिकृया दिनुहोस्