पर्सा र वारामा १४ जना वडा अध्यक्ष पदको लागि भिड्दै

फाइल तस्बिर

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडानम्बर ५ र वारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर १ मा रिक्त रहेको वडा अध्यक्ष पदको उपनिर्वाचनमा शुक्रबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडानम्बर ५ को वडाअध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्ता गराउनेमा नेकपाबाट उदय शंकर रौनियार, नेपाली कांग्रेसबाट अशेश्वर प्रसाद यादव, समाजवादी पार्टीबाट रुपलाल कुमार यादव, राप्रपा नेपालबाट सदरी महरा र स्वतन्त्रबाट गोपाल साह रहेको मुख्यनिर्वाचन अधिकृत एवं पर्सा जिल्लाका न्यायधिश प्रकाश खरेलले बताए।

त्यसैगरी बाराको बारागढी गाउँपालिका वडा नम्बर १ मा रिक्त रहेको वडाअध्यक्ष पदको उपनिर्वाचनमा बुधबार ९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ता गराउनेमा नेकपाको तर्फबाट शंकर प्रसाद चौधरी, नेपाली कांग्रेसको तर्फबाट तस्वीरिया थरुनी, समाजवादी पार्टीको तर्फबाट सुरेश प्रसाद चौधरी, राजपाबाट बैजनाथ चौधरी, नेपाली जनता पार्टीबाट विरेन्द्र प्रसाद राय थारु, स्वतन्त्रबाट नरेश तत्वा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट रामपति देवी लगायतका रहेका छन्।

वारागढी गाउँपालिका वडा नम्बर १ मा मतदाता संख्या २ हजार ३ सय ६६ रहेको निर्वाचन अधिकारी मनिष साहले जानकारी दिए। कार्तिक २८ गते दावी विरोध, २९ गते छानविन, ३० गते नोमिनेसन फिर्ता लिने, १ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरि चुनाव चिन्ह वितरण गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकारी एवं जिल्ला अदालत वाराका न्यायधिश दिपेन्द्र अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-13 21:45:38

प्रतिकृया दिनुहोस्