थाइल्याण्डका २५ भन्दा कम पार्टी विजयी

तस्बिरः एजेन्सी

थाइल्याण्डमा गत मार्च २४ मा भएको निर्वाचनबाट २५ भन्दा कम पार्टी विजयी भएका छन् । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार तल्लो सदनका ५०० सिटमा २५ भन्दा कम पार्टीहरुले मात्रै भाग पाएका हुन्।

थाइल्याण्डमा कुल ५०० सिट मध्ये ३५० जना सांसद प्रत्यक्ष निर्वाचनबाट आउछन् भने १५० जना पार्टीले पाएको मतका आधारमा सिटको भागबण्डा हुन्छ।

निर्वाचनबाट पालङ प्रचा रथ पार्टीले सबैभन्दा धेरै मत पाएको छ भने फिउ थाइ पार्टीले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको छ । कूल पाँच सय सिटमा फिउ थाइले सबैभन्दा धेरै अर्थात् १३७ सिटमा जित हासिल गरेको हो भने पालङ प्रथा रथले ११८ सिट जितेको छ ।

थाइल्याण्डको संसदको माथिल्लो सदनमा भने २५० जना सेनाले मनोनीत गर्ने व्यवस्था रहेको छ । केही वर्ष अगाडि सेनाले नै बनाएको संविधानमा २५० जना सेनाले सांसद मनोनीत गर्ने व्यवस्था गरिएको हो ।

सन् २०१४ मा भएको सैनिक “कू” पछि थाइल्याण्डमा गत महिना पहिलो पटक आम निर्वाचन भएको हो । पटकपटक सरेर भएको निर्वाचनको निष्पक्षता र वैधानिकतामाथि भने विभिन्न क्षेत्रबाट प्रश्न भने अहिले पनि उठाइएको छ ।

प्रकाशित मिति: : 2019-04-06 23:02:17

प्रतिकृया दिनुहोस्