काठमाडौं- भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेपछि अतिक्रमित सीमाबारेको बहस पुनः एकपटक सतहमा आएको छ। नेपाली भूमि अतिक्रिमण गरेकाे भन्दै सार्वजनिक वृत्तमा भारतको आलोचना त भइरहकै छ, अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल नगरेको भन्दै सरकारप्रति पनि आलोचनात्मक टिप्पणीहरु भइरहेका छन्। भारत र नेपालबीच करिब १८ सय किलोटिमर लामो खुला सीमा छ।
खुला सीमा साझेदारीमा रहेका नेपाल र भारतबीच दशकौंदेखि सीमा समस्या छ।
भारतले हालै जारी गरेको नयाँ नक्सामा समावेश गरेका कालापानीलगायतका विषयमा पनि ६ दशकदेखि विवाद छ। सीमासम्बन्धी विवाद सुल्झाउन नेपाल र भारतबीच विभिन्न संयन्त्र बनाइएका छन् तर तीनले गरेका काम सन्तोषप्रद छैनन्।