डा.केसीको अडान— माग पूरा नभएसम्म डडेलधुरा छाड्दिन

फाइल तस्बिर

आफूले जनताका लागि सरकारसँग राखेका माग पूरा नभएसम्म अनशन नतोड्ने डा‍ गोविन्द केसीले जनाएका छन्। उनले डडेलधुरा पनि नछोड्ने अडान लिएका छन्।

१८ गते देखि डडेल्धुरामा अनसनरत केसीको स्वास्थ्य भने प्रतिकुल बन्दै गएको छ। उनको शरीरमा चिनी र नुनको मात्रा कम भई स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थालेका छन् ।

डडेलधुरा अस्पतालका मेसु जितेन्द्र कडेलले स्वास्थ्यमा जटिल अवस्था आए डडेल्धुरा अस्पतालमा उनको उपचार गर्न नसकिने बताए।उनको शरीरमा अक्सिजन पनि कमी हुन थालेको छ। पिसाबमा खराबी देखिएको उनले बताए।

डडेलधुरा अस्पतालको नाजुक अवस्थाका कारण उनलाई धेरै दिन यहाँ राख्नु खतारा भएको उनको भनाई छ। 'आइसीयु को व्यवस्था छैन उनलाई अब डा. केसीलाई चाँडै आइसीयुमा राख्नुपर्ने हुन्छ', मेसु कडेलले बताए।

सोमबार प्रहरी लगाएर डा.केसीलाई काठमाडौं लैजान खोज्दा उनका भाइ किसोर केसीसँगै स्थानीय नागरिक समाज पत्रकार, र सर्वसधारण प्रतिकारमा उत्रिएपछि उनलाई लिन आएको सेनाको हेलिकोप्टर फिर्ता गएको हो।

अनसनरत डा. केसीलाई सत्तारढ दल नेकपाबाहेक प्रतिपक्षी नेपाली कांग्रेससँगै अन्य साना दल नेकपा जनमोर्चा, राप्रपा नेपाल समाजवादी पार्टी, साझा विवेकशीललगायतका दलले समर्थन जनाएका छन्।

 

प्रकाशित मिति: : 2019-11-12 11:45:59

प्रतिकृया दिनुहोस्