अक्षयकुमारको डेब्यु म्युजिक भिडियो ‘फिलहाल’ ले पिट्दै तहल्का

तस्बिरः एजेन्सी

बलिउड अभिनेता अक्षयकुमार अभिनित पहिलो म्युजिक भिडियो ‘फिलहाल’ रिलिज भएको छ । जसमा अक्षयको कृति सैननकी बहिनी नुपुरसँग रोमान्स देखाइएको छ ।

बी प्राकको स्वर रहेको गीत एक अधुरो प्रेमकथामा आधारित छ । जसमा दुई प्रेमी समाजले बनाएको नियमको कारण एक हुन सकेनन् ।

गीतले रिलिज भएको १२ घन्टामा १५ मिलियन बढी दर्शक पाएको छ ।

अक्षयले म्युजिक भिडियो आफ्नो इन्स्टाग्राममा शेयर गर्दै लेखेका छन् ‘उद्योगमा यत्रो समय रहेपछि, मैले म्युजिक भिडियो डेब्यु गर्ने फैसला गरेँ ।’

अक्षय छिट्टै फिल्म ‘सुर्यवंशी’ र ‘गुड न्युज’मा देखिदै छन् । यसका अलवा उनको साथमा अन्य केही फिल्म पनि छन् ।

प्रकाशित मिति: : 2019-11-12 10:58:55

प्रतिकृया दिनुहोस्