टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

फाइल तस्बिर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

अघिल्लो महिनाको वरीयता क्रममा दुई स्थान तल झर्दै १३ औँ स्थानमा पुगेको नेपाल यो महिनाको वरीयता क्रममा १२औँ स्थानमा उक्लिएको छ ।

नयाँ वरीयताअनुसार नेपालले २१ खेलबाट १८९ रेटिङ अंक पाएको छ । यसअघि नेपाललाई उछिनेको स्कटल्याण्ड र यूएई तल झरेका छन् । स्कटल्याण्ड एक स्थान तल झरेको छ भने यूएई १५औँ स्थानमा पुगेको छ ।

वरीयता क्रममा पाकिस्तान शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र भारत पाँचौं स्थानमा छन् । यस्तै न्यूजिल्याण्ड छैटौं, श्रीलंका सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं, वेष्ट इण्डिज १०औं र जिम्बाबे एघारौं स्थानमा छन् ।

प्रकाशित मिति: : 2019-11-11 16:28:11

प्रतिकृया दिनुहोस्