१५ हजार घुससहित नासु पक्राउ

प्रतिकात्मक तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटका नायब सुव्बा रमेशकुमार खड्का घुससहित पक्राउ परेका छन्।

नायब सुव्बा खड्काले अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक पटक ग्राहकसँग ६० हजार घुसको माग गरिरहेका थिए ।

नासु खड्कालाई १५ हजार घुस रकम माग लिइरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका १ खलंगास्थित राप्ती होटल एण्ड लज अगाडि जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिएकाे अायाेगले जनाएकाे छ।

उनिमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2019-11-10 18:17:52

प्रतिकृया दिनुहोस्