खराव लयमा रहेको बार्सिलोनाले सेल्टा र मड्रिडले एइबारसँग खेल्दै

तस्बिरः एजेन्सी

स्पेनिस लिग ला लिगामा आज (शनिबार) बार्सिलोना र रियल मड्रिडले आ–आफ्नो खेल खेल्दैछन्।

खराव लयमा रहेको बार्सिलोनाले आजको खेलमा सेल्टा भिगोविरुद्ध जित हात पार्ने दाउमा रहेको छ। चार दिनअघि युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको चौथो खेल आफ्नो घरमा खेल्दा गोलरहित बराबरी खेलेको बार्सिलोनाले आलोचना खेप्दै आएको छ। त्यसैले उक्त आलोचना कम गर्न बार्सिलोना आजको खेल जित्ने लक्ष्यको साथ मैदान उत्रिनेछ ।

यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा नेपाली समयअनुसार १ः४५ बजेबाट सुरु हुनेछ।

यस्तै दोस्रो खेलमा रियल मड्रिडले एइबारको सामना गर्दैछ। पछिल्लोपटक च्याम्पियन्स लिगमा गालातासरेलाई ६–० ले हराएको रियल आज उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ।

अवे मैदानमा हुने खेल नेपाली समयअनुसार राति ११ः१५ बजेबाट सुरु हुनेछ। त्यस्तै, आज भ्यालेन्सिया र ग्रानाडाको खेल पनि हुँदैछ।

लिगमा हाल १३ खेल खेलेको रियल सोसिडाड २३ अंकसहित शीर्ष स्थानमा छ। समान ११ खेल खेलेका बार्सिलोना र रियल मड्रिड समान २२ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। १२ खेल खेलेको एथ्लेटिको मड्रिड २१ अंकसहित चौथो स्थानमा छ।

प्रकाशित मिति: : 2019-11-09 16:14:25

प्रतिकृया दिनुहोस्