भाइचाराको बिकाश गर्न सके दक्षिण एसियाली मुलुकहरूको सम्बन्ध समधुर हुन्छ: सहमहामन्त्री महत

बिएल

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले दक्षिण एसियाका विभिन्न मुलुकहरूमा आपसी सम्झदारी,भाइचारा,समानता र सहिष्णुता बढाएर दक्षिण एसियामा भएका देश र जनताबीचको दुरीलाई कम गर्नुपर्ने बताएका छन्। भाइचाराको बिकाश गर्न सके दक्षिण एसियाली मुलुकहरूको सम्बन्ध समधुर बन्ने उनले बिश्वास व्यक्त गरे।

भारतको केरलामा सुरु भएको साफको २९ औ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले एक अर्काको धर्म सँस्कृती र रितिरिवाजलाई सम्मान गर्दै फरक समुदायका बीचमा पनि समानता खोज्नु पर्नेमा जोड दिए।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सहमहामन्त्री महतले गौतम बुद्धको जन्म भएको देशमा हिन्दु,बौद्ध,इसाई,मुस्लिम लगायतका विभिन्न धर्महरु बीचको सहिष्णुता अनुकरणीय रहेको औल्याय। धार्मिक सहिष्णुता बिना कतै पनि शान्ति नआएको भन्दै शान्तिका लागि धार्मिक सहिष्णुता आवस्यक पर्ने सहमहामन्त्री महतले जिकिर गरे।

उनले एउटा समुदायले अर्को समुदायलाई र एउटा धर्मले अर्को धर्मलाई सम्मान गरेर मात्रै बिश्वमा शान्ती प्राप्त हुने बताए। सागको सम्मेलनको अध्यक्षता भारतका प्रसिद्ध चिन्तक श्री सत्य पालले गरेका थिए भने सम्मेलनमा नेपाल,भारत,बंगलादेश, श्रीलंका, भुटान लगायतका मुलुकबाट भाग लिन १५० जना प्रतिनिधि भारतको केरलामा पुगेका छन्।

प्रकाशित मिति: : 2019-11-09 08:18:57

प्रतिकृया दिनुहोस्