कानून उल्लङ्घन गरेको भन्दै भारतमा ६८७ फेसबुक पेज बन्द गरियो

गुगल

भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई) ले सोमबार विभिन्न ६ सय ८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ।

विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले कानून उल्लङ्घन गरेको भनी कङ्ग्रेस–आई सम्वद्ध ती पेजहरू हटाएको हो। भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होचाउने, गाली गर्ने र झूट्टा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएका भेटिएपछि सामाजिक सञ्जालका उक्त पेजहरू हटाइएको फेसबुकको दावी गरेको छ।

 'अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियमलाई उल्लङ्घन भएको निष्कर्षसहित उक्त दल आवद्ध मानिएका पेज, ग्रुप तथा एकाउन्टहरूलाई कम्पनीले हटाएको छ,' फेसबुक कम्पनीले जनाएको छ।

फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नेथेनियल ग्लेचरले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, 'हामीले भारतीय भूमिबाट प्रयोग गर्दै आएका भनिएका ६सय ८७ पेजहरू र एकाउन्टहरूले अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटेपछि तिनीहरूलाई हटाइदिएका छौँ”

 

प्रकाशित मिति: : 2019-04-03 05:34:09

प्रतिकृया दिनुहोस्