इरानसँग नेपालले १३ मिनेटमा चार गोल खायो

तस्बिरः एजेन्सी

इरानमा जारी एएफसी यू-१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ।

 शुक्रबार भएको समूहको दोस्रो खेलमा इरानसँग ४–० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।इरानको जितमा मोहमदमह्दी अहमादी,अहमद रिजा जिलाली,अलिरिजा मोनाजामी र एरिया बार्जेगरले समान एक एक गोल गरे।

बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको हो।

खेलको ७७ औं मिनेटमा अहमादीले गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाए। ८५ औं मिनेटमा कप्तान जिलालीले गोल गर्दै इरानको अग्रता २–० को बनाए ।

इरानले ८६ औं मिनेटमा मोनाजामीले गोलबाट अग्रता तेब्बर बनाएको थियो। त्यसपछि खेलको ९० औं मिनेटमा बार्जेगरले गोल गर्दै इरानलाई ४–० को जित दिलाए ।

जितसँगै समूह डी को इरानले २ खेलमा ६ अंक जोडेको छ । इरान शीर्ष स्थानमा रहेको छ । पुछारमा रहेको नेपालले अंक जोड्न सकेको छैन ।


अब नेपालले छनोटको अन्तिम खेलमा आइतबार किर्गीस्तानको सामना गर्नेछ ।

प्रकाशित मिति: : 2019-11-08 22:52:08

प्रतिकृया दिनुहोस्