१३ औं साग: अफगानिस्तानले सहभागिता जनाउन नपाउने

फाइल तस्बिर

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अफगानिस्तानले सहभागिता जनाउन नपाउने भएको छ । अफगानिस्तानले दक्षिण एसियाली क्षेत्रमा सदस्यता स्थानान्तरण गर्न नपाउँदा सागमा भाग लिन नपाएको हो।

सन् २०१६ मा दक्षिण एसियाली क्षेत्रबाट आफ्नो सदस्यता मध्य एसियाली क्षेत्रमा सारेको थियो। सदस्यता सारेसँगै अफगानिस्तानले साग खेलको थिएन । तर मध्य एसियाली क्षेत्रमा खेलकुद गतिविधि कम हुने भन्दै फेरि सन् २०१९ मा उसले सागमा भाग लिन इच्छा देखाएको थियो।

तर भाग लिनको लागि दक्षिण एसियाली क्षेत्रमा सदस्यता सार्नुपर्ने हुन्छ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार उताको सदस्यता यता सार्न साग अघि सम्भव नभएको कारण उसले खेल्न नपाउने भएको हो।

अफगानिस्तानले सन् २००४ देखि २००१६ सम्म सागमा भाग लिएको थियो। मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद आयोजना हुँदैछ।

यी ठाउँमा हुँदै छ साग

सागमा समावेश खेल र खेलस्थल
आर्चरी : पोखरा रंगशाला (१७-२१ मंसिर)
एथ्लेटिक्स : दशरथ रंगशाला (१६-१९ मंसिर)
ब्याडमिन्टन : पोखरा रंगशाला कभर्डहल (१०-१६ मंसिर)
बास्केटबल : राखेप कभर्डहल (१८-२३ मंसिर)
थ्री बाई थ्री बास्केटबल : राखेप सेमी कभर्डहल (१८-२३ मंसिर)
बक्सिङ : कराँते कभर्डहल (१९-२३ मंसिर)
साइक्लिङ : गोकर्ण, काठमाडौं (१९-२३ मंसिर)
पुरुष क्रिकेट : त्रिवि मैदान (१६-२३ मंसिर)
महिला क्रिकेट : पोखरा रंगशाला (१६-२३ मंसिर)
फेन्सिङ : कीर्तिपुर (२०-२३ मंसिर)
पुरुष फुटबल : दशरथ रंगशाला (१२-२३ मंसिर)
महिला फुटबल : पोखरा रंगशाला (१२-२३ मंसिर)
गल्फ : गोकर्ण गल्फ कोर्स (१५-२० मंसिर)
ह्यान्डबल : पोखरा कभर्डहल (१३-१८ मंसिर)
जुडो : नेपाली सेनाको कभर्डहल, लगनखेल (२१-२४ मंसिर)
कराँते : कराँते कभर्डहल (१६-१९ मंसिर)
कवड्डी : त्रिविवि, कीर्तिपुर १९-२३ मंसिर)
खो-खो : नयाँबजार कीर्तिपुर (१६-१९ मंसिर)
प्याराग्लाइडिङ : सराङकोट, पोखरा (१३-२२ मंसिर)
सुटिङ : सुटिङ रेन्ज, सातदोबाटो (१६-२२ मंसिर)
पौडी : सातदोबाटो, ललितपुर (१९-२३ मंसिर)
स्क्वास : स्क्वास कम्प्लेक्स, ललितपुर (१९-२३ मंसिर)
टेबलटेनिस : टीटी हल, लैनचौर (१६-२० मंसिर)
टेनिस : टेनिस कम्प्लेक्स, सातदोवाटो (१८-२० मंसिर)
तेक्वान्दो : तेक्वान्दो एकेडेमी, सातदोबाटो (१६-१९ मंसिर)
ट्रायथोलन : पोखरा १५-१८ मंसिर)
महिला/पुरुष भलिबल : राखेप कभर्डहल (१९-२४ मंसिर)
बीच भलिबल : लेकसाइड पोखरा (१९-२४ मंसिर)
भारोत्तोलन : पोखरा (१६-२१ मंसिर)
कुस्ती : जनकपुर (२०-२३ मंसिर)
उसु : नेपाली सेनाको कभर्डहल, लगनखेल (१४-२० मंसिर)

प्रकाशित मिति: : 2019-11-08 16:16:41

प्रतिकृया दिनुहोस्