प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने दुईजना पक्राउ

प्रतिकात्मक तस्बिर

रुपन्देहीको ओमसतिया गाउँपालिकाको ठुटीपिपलमा मापसे चेकिङ्गमा खटिएका प्रहरीलाई घुस दिने खोज्ने दुईजना पक्राउ पक्राउ परेका छन्।

मोटरसाईकल चेकजाँच गर्ने क्रममा घुस दिने खोज्ने बुटवल १५ का नारायण भुषाल र ओमसतिया गाउँपालिका बाड नम्बर १ बस्ने २८ वर्षीय मनिष चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

उनीहरुले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेका थिए। उनीहरुलाई (मुलुकी अपराध संहिता ऐन) २०७४ को फौजदारी कसुर अन्तर्गत परिच्छेद ५ को दफा ११८ को उपदफा १ विपरित कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-11-08 15:22:52

प्रतिकृया दिनुहोस्