बीएल फलो-अप : औषधी र चिकित्सकसहितको प्रहरी टोली बारा-पर्सा प्रस्थान

बारा र पर्सामा हावाहुरीमा परी घाइते हुनेको थप उपचार र उद्धार गर्न नेपाल प्रहरी अस्पतालका चिकित्सक र औषधीसहितको प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको छ।
प्रहरी महानीरिक्षक सचिवालयका एसएसपी उमेशराज जोशीले भने- 'थप उद्धारका लागि केन्द्रबाट प्रहरी टोली बारा र पर्सामा प्रस्थान गरेको  हो।' उनका अनुसार आवश्यक सामाग्रीसहित प्रहरी टोली बिहानै हावाहुरी प्रभावित क्षेत्रतिर प्रस्थान गरेको हो ।
घटनाको थप उद्धार र घाइतेको उपचाचारमा स्थानीय प्रहरी, नेपाल आर्मी,सशस्त्र प्रहरी, रेडक्रसलगायतका संस्थाहरु खटिएको २ नम्बर प्रहरी प्रमुख डीआईजी हरी पालले जानकारी दिए ।
 
 
प्रकाशित मिति: : 2019-04-01 07:52:28

प्रतिकृया दिनुहोस्