भारततर्फ तस्करी गर्न लागिएको ४९ गोरु सहित दुई जना पक्राउ

बिएल

झापाको भद्रपुरबाट अबैध रुपमा भारततर्फ तस्करी गर्न लागिएको ४९ गोरु सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ट्रकका चालक वारा निजगढका विर वहादुर थिङ र नवलपरासीका विजय चौधरी रहेका छन् ।

मंगलबार बिहान सुरुङाबाट भारततर्फ गाईगोरू तस्करी हुन लागेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय, विर्तामोड र सुरुङाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई कन्काई न.पा. वडा नं. ३ तुलसीवारीबाट ना.५ ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको ट्रक र गोरुसहित पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त गोरुहरु नवलपरासीवाट सोही स्थान वस्ने प्रमोद यादवले कन्काई न.पा. ३ वस्ने रमेश खरेललाई वुझाउने गरी पठाइएको खुल्न आएको ।

उनिहरुलाई आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय, झापामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-05 14:16:39

प्रतिकृया दिनुहोस्