काठमाडौं उडेका ६ जहाज बिराटनगरमा आकस्मिक अवतरण गराइयो

फोटो: बिराटनगर उड्यन कार्यालय

काठमाडौंका लागि विभिन्न ठाँउबाट उडेका ६ आन्तरिक उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि बिराटनगर बिमानस्थलमा आपत्तकालिन अवतरण गराइएका छन्।

काठमाडौंको मौसम खराब भएपछि बिराटनगर, जनकनपुरलगायतका बिमानस्थलबाट उडेका बिमान बिराटनगर डाइभर्ट गरेर त्यहाँको बिमास्थलमा अवतरण गराइएको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बताएका छन।

काठामाडौका लागि उडेका यति, बुद्ध र श्री एअरलाइन्सका बिमानले बिराटनगर बिमानस्थलमा अवतरण गरेका हुन्। 'खराव मौषमका कारण काठमाडौमा अवतरण गर्न नसकेकाले ६ वटा फ्लाइट बिराटनगर डाइभर्ट गरिएको' उड्यन प्राधिकरणले बताएको छ।

प्रकाशित मिति: : 2019-03-31 21:47:52

प्रतिकृया दिनुहोस्