रविन भण्डारी
बोन धर्मको विश्वकै दोस्राे ठूला लामा मेन्री पोन्लप ठिन्ले रिम्पाछे नेपाल आएका छन्।
भारतको हिमालच प्रदेशस्थित सोलनमा रहेको मेन्री गुम्बामा बस्दै आएका पोन्लप रिम्पोछे डोल्पाे समाजले काठमाडौंको निमार्ण गरेको गुम्बा उद्घाटनका लागि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन्।
डोल्पा छार्काका रिम्पोछे बोन धर्मको विश्वकै दोस्रो ठूला लामा हुन्। उनी भारतको हिमालचलस्थित सोलनको दोलन्जीमा रहेको मेन्री गुम्बामा बस्दै आएका छन्।
नेपाल बोन बुधिष्ट महासंघका अध्यक्ष घेसे खेम्पो निमा कुन्म्याप रिम्पोछे तथा डोल्पो समाजका अध्ययक्ष निमा लामा रिम्पोछेलगायत डोल्पालीहरूले पोन्लप रिम्पोछेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरेको थिए।
रिम्पोछेको सहभागीतामा बिहिबारदेखि काठमाडौंको बौद्धस्थित डोल्पाे समाजको नवनिमीत भवनमा विशेष पूजा गरिने छ। त्यसैगरी, माघ ६ गते समाजद्वारा निर्मित्त गुम्बाको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
माथिल्लो डोल्पा ३ गाउँपालिका मिलेर उक्त गुम्बा बनाएका हुन्। डोल्पाको छार्कातान्छेन, डोल्पो बुद्ध र सेफोक्सुन्डो गाँउपालीका मिलेर गुम्बा निमार्ण गरेको हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया