बिएल संवाददाता
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको बताएका छन्।
एमाले पर्साको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई आज साेमबार वीरगञ्जमा सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले एमालेलाई सिध्याउने मनसाय राखि बनाएको सत्ता गठबन्धन नभई २०८४ सालमा हुने आम निर्वाचनमा एमालेलाई बहुमत हासिल गर्ने योजनाअनुसार वर्तमान सत्ता समीकरण बनाइएको बताए।
उनले विकासको कुरा नगर्ने, भ्रष्टाचार, विभेद र छुताछूतविरुद्ध नबोल्ने एमालेका कार्यकर्ता हुनै नसक्ने बताए। समाजिक सद्भावलाई खलल पुर्याउने र हिन्दूलाई मुस्लिमसँग जुधाउनेविरुद्ध खडा हुन नसक्ने नेकपा (एमाले)का कार्यकर्ता हुन नसक्ने उनले प्रस्ट पारे।
एमालेका कुनै पनि नेता वा कार्यकर्ता जातीय सद्भावलाई खलबलाउने कार्यमा संलग्न भएमा दण्डको भागिदार हुने उनको भनाइ छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया