बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अझै धेरै मत गणना गर्न बाँकी रहेकाेले जित्ने सम्भावना जीवितै रहेकाे बताएका छन्।
इलाम- २ काे हालसम्मकाे मत परिणामअनुसार मिलन चाैथाे स्थानमा रहेका छन्। उनले २ हजार ७५ मत प्राप्त गरेका छन्।
त्यस्तै पहिलाे स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १४ हजार ६ सय १३, दाेस्राे स्थानमा रहेका नेपाली काँग्रेसका डम्बर खड्काले ८ हजार ५ सय ७० र तेस्राे स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ५ सय ७० मत प्राप्त गरेका छन्।
यद्यपि, उनले जित्ने सम्भावना जीवितै रहेकाे बिएल नेपाली सेवासँगकाे कुराकानीमा बताए। ‘जनताले जति मत दिनु भयाे त्यति पाउने हाे,’ मिलनले भने, ‘अझै धेरै मत गणना गर्न बाँकी छ। अझै आशावादी छाैँ।’
उनले जनताकाे प्रत्येक मत आशा र भराेसाकाे भएकाे बताउँदै आफूमाथि भराेसा राख्ने सबैलाई धन्यवाद दिए।
त्यस्तै उनले निर्वाचनमा हारे पनि जिते पनि रास्वपा र राजनीति नछाेड्ने र जीवनभर इलामेली जनताकाे सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘म पार्टीमा लागेर सदस्यता लिइसकेकाे छु। अब अरु काम गर्ने भन्ने हुँदैन मैले पत्रकारिता पनि छाेडिसकेँ अब राजनीतिलाई निरन्तरता दिन्छु, इलामेली जनताकाे सेवा गर्छु,’ मिलनले भने।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया