बिएल संवाददाता
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गरेका छन्।
मुख्यमन्त्री कँडेलले बुधबार एक मन्त्रीसहित मन्त्रिपरिषद् बिस्तार गरेका हुन्।
नवनियुक्त मन्त्री रनसिंह परियारले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको बुधबार बसेको बैठकले प्रदेशसभा सदस्य परियारलाई सरकारमा पठाउने निर्णय थियाे। साेही निर्णयअनुसार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उनलाई विनाविभागीय नियुक्त गरेका हुन्।
माओवादीले परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको हाे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर अन्य मन्त्रीको टुङ्गो लगाइने बताए। मुख्यमन्त्रीले विश्वास मत लिइसकेपछि सरकारले पूर्णता पाउने उनकाे भनाइ छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया