बिएल संवाददाता
ऊर्जामन्त्री कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’को केन्द्रीय कमिटी सदस्य भनिएका सुभाष प्रधानले सदस्यता अस्वीकार गरेका छन्।
पार्टी गठनको समयमा कुलमानसँग छलफल भए पनि पार्टीमै आवद्धताबारे आफ्नो सहमति नरहेको भन्दै पद अस्वीकार गरेका हुन्।
उज्यालो नेपाल पार्टीले मंगलबार निर्वाचन आयोगमा बुझाएको ५१ सदस्यीय केन्द्रीय समितिको सूचीमा चितवनका प्रधानको नाम २९ औं नम्बरमा छ।
पछिल्लो समय कुलमानले फोनसमेत नउठाएको भन्दै उनी रुष्ट थिए। पार्टी गठनको सुरुवाती चरणमै राजनीतिक संस्कार नदेखिएको उनको गुनासो छ।
यसअघि १० औं नम्बरकी केन्द्रीय सदस्यमा सिफारिस टासी ल्हान्जोमले पनि पार्टीमा बस्न अस्वीकार गरिसकेकी छन्। पार्टी गठनका क्रममा आफूसँग सामान्य छलफल भए पनि आफ्नो सहमतिबेगर केन्द्रीय कमिटीमा राखिएको भन्दै उनले असन्तुष्टि जनाएकी थिइन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया