मङ्गलबार, ११ नोभेम्बर २०२५

देउवा दम्पतीमाथिको आक्रमण लोकतन्त्र र पार्टीमाथिको आक्रमण हो: ज्ञानेन्द्र कार्की

News Image
• • •

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सभापति शेरबहादुर देउवा दम्पतीमाथिको सांघातिक आक्रमण लोकतन्त्र, सभ्य समाज र पार्टीमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा बोल्दै कार्कीले जेनजी आन्दोलनका क्रममा सभापति देउवा र पत्नी आरजु राणामाथि आक्रमण गर्नेहरूमाथि कडा कारबाहीको माग गरे।

उनले भने, ‘उहाँहरू माथि भएको आक्रमण उहाँहरु माथि मात्र नभएर समग्र लोकतन्त्र, सभ्य समाज र नेपाली कांग्रेसमाथिको प्रत्यक्ष आक्रमण भएकोले दोषीहरूमाथि कडा कानुनी कारबाहीका लागि म जोडदार माग गर्दछु।’

उनले सरकारी भवनहरूलगायत नेताहरूको सम्पत्ति र निजी व्यवसायमा भएका आक्रमण र तोडफोडका घटनाप्रति खेद प्रकट गर्दै अत्यन्तै अकल्पनीय घटना भएको बताए।

कार्कीले भने, ‘अहिले जुन किसिमको दण्डहिनताले प्रश्रय पाइरहेको छ। यो दण्डहिनताले प्रश्रय पाइरह्यो भने, हामीले दण्डाहीनता अन्त्य गर्न सकेनौं भने राज्य अकल्पनीय अस्थिरतातर्फ जाने कुरा म यहाँ राख्न चाहन्छु।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!