बिएल संवाददाता
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सभापति शेरबहादुर देउवा दम्पतीमाथिको सांघातिक आक्रमण लोकतन्त्र, सभ्य समाज र पार्टीमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा बोल्दै कार्कीले जेनजी आन्दोलनका क्रममा सभापति देउवा र पत्नी आरजु राणामाथि आक्रमण गर्नेहरूमाथि कडा कारबाहीको माग गरे।
उनले भने, ‘उहाँहरू माथि भएको आक्रमण उहाँहरु माथि मात्र नभएर समग्र लोकतन्त्र, सभ्य समाज र नेपाली कांग्रेसमाथिको प्रत्यक्ष आक्रमण भएकोले दोषीहरूमाथि कडा कानुनी कारबाहीका लागि म जोडदार माग गर्दछु।’
उनले सरकारी भवनहरूलगायत नेताहरूको सम्पत्ति र निजी व्यवसायमा भएका आक्रमण र तोडफोडका घटनाप्रति खेद प्रकट गर्दै अत्यन्तै अकल्पनीय घटना भएको बताए।
कार्कीले भने, ‘अहिले जुन किसिमको दण्डहिनताले प्रश्रय पाइरहेको छ। यो दण्डहिनताले प्रश्रय पाइरह्यो भने, हामीले दण्डाहीनता अन्त्य गर्न सकेनौं भने राज्य अकल्पनीय अस्थिरतातर्फ जाने कुरा म यहाँ राख्न चाहन्छु।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया