बिएल संवाददाता
नेकपा एमालेको आधिकारिक पार्टी गीत बिहीबार एक विशेष समारोहका बीच विमोचन गरिएको छ।
सो अवसरमा अध्यक्ष केपी ओलीले पार्टीभित्र एकता, आत्मसम्मान र सहकार्यको आवश्यकता औंल्याए।
उनले भने, ‘आफैंले आफैंलाई कमजोर पार्ने कुरा किन गर्नु? आफ्नै खुसीले विष किन खाने? विष त राम्रो कुरा होइन त्यसले शरीरलाई जस्तै संगठनलाई पनि कमजोर बनाउँछ।’
ओलीले पार्टीभित्र आत्मसम्मान र सहकर्मीबीचको सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। त्यस्तै, उनले पार्टीभित्र सहकार्य र कमरेडली भावनालाई मजबुत बनाउन आग्रह गरे।
उनले भने, ‘पार्टीमा लाग्ने मान्छे अपमानित हुन, गाली खान वा हप्कीधप्की सहनका लागि लाग्दैन। आत्मसम्मानकै लागि लाग्छ। पार्टीमा साथीको भावना हुनुपर्छ। एकअर्कामा माया गर्ने, अप्ठ्यारा अवस्थामा सहयोग गर्ने र विचार तथा उद्देश्यका आधारमा एकता सुदृढ बनाउने गर्नुपर्छ।’
ओलीले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहनुपर्ने पनि उल्लेख गरे। उनले प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थाका कारण प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्नैपर्ने बताए।
उनले भने, ‘एक आपसमा अप्ठ्यारा परिस्थतिमा सहयोग गर्ने, माया गर्ने एकअर्कालाई, साथसहयोग दिने र आफूबीचमा विचारका आधारमा, उद्देश्यका आधारमा एकता अत्यन्त सुदृढ बनाउने गर्नुपर्छ। यो प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो। यसकारण प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्नैपर्छ। आपसमा एकता, विपक्षीसँग प्रतिस्पर्धा गर्ने हो।’
कार्यक्रममा पार्टी गीतका स्रष्टा तथा नेता कार्यकर्ताको उपस्थिति थियो।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया