बिएल संवाददाता
तत्कालिन नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताकै दिन महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेका छन्।
कार्तिक १९ गते १० बाम घटकको एकताअघि सचिवालय बैठक बोलाएर अध्यक्ष नेपालले भुसाल, रामकुमारी झाँक्रीसहित नेताहरूलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन्।
महासचिव भुसाल, झाँक्रीसहित दामोदर अर्याल, नन्दलाल बञ्जाडे, धर्मराज निरौला र किसान श्रेष्ठलाई पार्टीबाट निष्कासनमा परेका हुन्।
बुधबार गरिएको कारबाही बिहीबार मात्र सार्वजनिक गरिएको छ। झाक्रीनिकट नेताहरूले बुधबारको मिति राखेर बिहीबार विज्ञप्ति निकालिएको दाबी गर्दै कारबाहीले आफूहरूलाई कुनै फरक नपर्ने भनेका छन्।
झाँक्री, श्रेष्ठलगायत नेताहरू एमाले प्रवेशको तयारीमा छन्। भुसालले भने पार्टी पुनर्गठन घोषणा गर्दै मंसिर पहिलो साता बस्नेगरी राष्ट्रिय भेला बोलाएका छन्।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया