बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो छैटौं कृति ‘माथिको आदेश छ हिरासतमा कविता’ सार्वजनिक गरेका छन्।
शनिबार राजधानीमा आयोजित विशेष समारोहकाबीच उनले कृतिको लोकार्पण गर्दै देशको राजनीतिक, नैतिक र सामाजिक अवस्थामाथि कठोर टिप्पणी गरेका छन्।
कृति लोकार्पण समारोहमा बोल्दै मिश्रले नेपाली राजनीतिप्रति जनताको विश्वास हराउँदै गएको उल्लेख गर्दै आफूहरूको पुस्ता नै ‘नेपालको इतिहासकै सबैभन्दा पापी पुस्ता’ भएको अभिव्यक्ति दिए।
उनले भने, ‘राजनीतिकर्मीले भनेको कुरा अत्ति अविश्वासिलो हुन थालिसकेको छ। तर हामीले जेन–जी पुस्ताको लागि देश बनाउन योगदान पुर्याउन सक्यौं भने अन्तिम श्वास आनन्दले फेर्न सकिनेछ। नत्र मैले आफ्नो पुस्तालाई सबैभन्दा पापी पुस्ता भन्ने गरेको छु।’
मिश्रले विगतका पुस्ता अशिक्षित र विपन्न भए पनि नैतिकरूपमा शुद्ध रहेको भन्दै आफूहरूको पुस्ता भ्रष्टाचार र स्वार्थले ग्रस्त भएको बताए।
उनले भने, ‘हाम्रा बाउबाजेहरू अशिक्षित थिए होला, रुढीवादी थिए होला, विपन्न थिए होलान् तर पतित् थिएनन्। तर हाम्रो पुस्ता यस्तो पुस्ता हो जसलाई हाम्रा बाजेहरूको धर्म र नैतिकताको अवधारणाले अलिकति पनि बाँध्न सकेन। देशको नियम कानुनले पनि रोक्न सकेन। हामी यस्तो पुस्ताका सदस्य हौं जसले मन्दिर बनाउँदा पनि भ्रष्टाचार गर्छौं।’
मिश्रले आफ्नो कृतिमा समेटिएको अनुभव आफ्नै ५० दिनको हिरासत जीवनसँग जोडिएको बताएका छन्।
उनले भने, ‘हामी परिबन्दमा परेर हिरासतमा पुग्यौं। हाम्रो कुनै गल्ती थिएन। देशको कानुन उल्लङ्घन हुने कुनै पनि काम गरेका थिएनौं, तर पनि हिरासतमा पुग्यौं। म ५० दिन जेल बस्दाको अनुभव जे भोगेँ, त्यही लेखेको छु।’
हिरासतमा रहँदा राज्यका संवैधानिक निकायहरू राजनीतिक प्रभावमा रहेको महसुस भएको बताउँदै उनले थपे, ‘प्रहरी, महान्यायाधिवक्ताको कार्यालय र अदालत यी तीनै निकाय राजनीतिबाट नराम्ररी प्रभावित छन् र राजनीतिको छाँयामा छन्।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया