बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो छैटौं कृति ‘माथिको आदेश छ हिरासतमा कविता’ सार्वजनिक गरेका छन्।
शनिबार राजधानीमा आयोजित विशेष समारोहकाबीच उनले कृतिको लोकार्पण गर्दै देशको राजनीतिक, नैतिक र सामाजिक अवस्थामाथि कठोर टिप्पणी गरेका छन्।
कृति लोकार्पण समारोहमा बोल्दै मिश्रले नेपाली राजनीतिप्रति जनताको विश्वास हराउँदै गएको उल्लेख गर्दै आफूहरूको पुस्ता नै ‘नेपालको इतिहासकै सबैभन्दा पापी पुस्ता’ भएको अभिव्यक्ति दिए।
उनले भने, ‘राजनीतिकर्मीले भनेको कुरा अत्ति अविश्वासिलो हुन थालिसकेको छ। तर हामीले जेन–जी पुस्ताको लागि देश बनाउन योगदान पुर्याउन सक्यौं भने अन्तिम श्वास आनन्दले फेर्न सकिनेछ। नत्र मैले आफ्नो पुस्तालाई सबैभन्दा पापी पुस्ता भन्ने गरेको छु।’
मिश्रले विगतका पुस्ता अशिक्षित र विपन्न भए पनि नैतिकरूपमा शुद्ध रहेको भन्दै आफूहरूको पुस्ता भ्रष्टाचार र स्वार्थले ग्रस्त भएको बताए।
उनले भने, ‘हाम्रा बाउबाजेहरू अशिक्षित थिए होला, रुढीवादी थिए होला, विपन्न थिए होलान् तर पतित् थिएनन्। तर हाम्रो पुस्ता यस्तो पुस्ता हो जसलाई हाम्रा बाजेहरूको धर्म र नैतिकताको अवधारणाले अलिकति पनि बाँध्न सकेन। देशको नियम कानुनले पनि रोक्न सकेन। हामी यस्तो पुस्ताका सदस्य हौं जसले मन्दिर बनाउँदा पनि भ्रष्टाचार गर्छौं।’
मिश्रले आफ्नो कृतिमा समेटिएको अनुभव आफ्नै ५० दिनको हिरासत जीवनसँग जोडिएको बताएका छन्।
उनले भने, ‘हामी परिबन्दमा परेर हिरासतमा पुग्यौं। हाम्रो कुनै गल्ती थिएन। देशको कानुन उल्लङ्घन हुने कुनै पनि काम गरेका थिएनौं, तर पनि हिरासतमा पुग्यौं। म ५० दिन जेल बस्दाको अनुभव जे भोगेँ, त्यही लेखेको छु।’
हिरासतमा रहँदा राज्यका संवैधानिक निकायहरू राजनीतिक प्रभावमा रहेको महसुस भएको बताउँदै उनले थपे, ‘प्रहरी, महान्यायाधिवक्ताको कार्यालय र अदालत यी तीनै निकाय राजनीतिबाट नराम्ररी प्रभावित छन् र राजनीतिको छाँयामा छन्।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया