बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबारे आशंका व्यक्त गरेका छन्।
सोमबार नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालको अहिलेको राजनीति जटिल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय जानेमा आशंका व्यक्त गरेका हुन्।
उनले भने, ‘परिस्थिति जटिल छ। छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ। यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन। त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ। मैले दिन सक्दिनँ। तर पनि अलिअलि भन्न सक्छु। परिस्थिति सहज छैन। हामी सहज मानिरहेका छैनौँ। सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ।’
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूहरू कसैको गालीगलौज सहनका लागि नजन्मेको भन्दै कसैको दास नबन्ने बताए। उनले भने, ‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ। कसैको दास बन्ने हाम्रो नियत होइनौँ।’
पछिलो समय सत्ता गठबन्धनमा यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै नेपाल असन्तुष्ट रहेका छन्। उनले यस बीचमा वैकल्पिक गठबन्धन बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा रहेको बताइएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया