बिएल संवाददाता
यही वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा दौडधुप गरिरहेका छन्। आफ्ना पक्षमा मत पार्नका लागि विभिन्न कार्यसूची (एजेन्डा) सहित उम्मेदवारहरू ५० वडामा पुग्ने तयारी गरिरहेका छन्।
तलकोट र साइपाल गाउँपालिकाबाट घरदैलो अभियान गरेका राजनीतिक दल शनिबार भने छविसपाथीभेरा गाउँपालिकामा पुगेका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार दमन भण्डारीको टोलीले तलकोट र साइपालमा घरदैलो अभियान गरेर फर्किएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलले पनि सोही पालिकाहरूमा भोट मागे।
पालिकाबाट टाढाको पालिका भएको हुँदा प्रचार अभियान सुरुमै गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले बताए। उनका अनुसार पालिकामा अभियानमा जाँदा संयोगवश अन्य दल पनि सोही पालिकामा प्रचार गरिरहेका देखिए। 'यद्यपि पालिकाभित्र भने सँगसँगै नभएर विभिन्न वडा–वडामा घरदैलो अभियानमा गयौँ,' उनले भने।
११ राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारले आफूलाई निर्वाचित गराउन विभिन्न ‘एजेन्डा’हरू सार्वजनिक गरिरहेका छन्। सबै उम्मेदवारको साझा एजेन्डा भने ताक्लाकोट सडक र बिजुली नै छ। ठुला दलले आफ्नो पार्टी सरकारमा हुँदा सडकमा बजेट हालेको जनाउँदै भोट मागिरहेका छन् भने साना दलहरूले ठुला दलले काम गर्न नसकेको आरोप लगाएका छन्।
कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह, एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढाले ताक्लाकोट सडक आफ्नो पार्टी सरकारमा गएको बेलामा सडकमा बजेट हालेको र सम्पन्न पनि आफ्नै सरकार भएपछि हुने जनाउँदै भोट मागिरहेका छन्।
यसलाई खण्डन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्का, मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापासहितका साना दलले भने ठुला दलले आफूले सरकारमा हुँदा आएको बजेट कार्यकर्तालाई पाल्न मात्रै भएको आरोप लगाउँदै भोट मागिरहेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया