बिएल संवाददाता
नेकपा(माओवादी केन्द्र)ले केन्द्रीय समिति भङ्ग गरेको छ।
शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय कमिटी भंग गरी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को संयोजकत्वमा महाधिवेशन आयोजक समिति घोषणा भएको हो। माओवादीले आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
बैठकबाट बाहिरिँदै प्रचण्डले ‘अब म अध्यक्ष रहिनँ, संयोजक भएँ’ भन्ने प्रतिक्रिया दिएका छन्।
त्यस्तै माओवादीले पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। नेताहरूको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
सापकोटाले भने, ‘सम्पत्तिको छानबिन पहिला पदाधिकारीबाट सुरु गर्ने, कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढङ्गले सोच्ने, महाधिवेशन मङ्सिरको अन्त्यमा गर्ने निर्णय भयो।’
संयोजक प्रचण्डले जीवनको अन्तिम समयसम्म जिम्मेवारी, पार्टी, आन्दोलन, देशप्रति सक्रिय रहने बताएका छन्।
‘म यति वर्षपछि छोड्छु भन्ने, छोडेर सुख पाइने चीज होइन भन्ने छ मेरो बुझाइ। तर त्यसको अर्थ बिलकुल के नलागोस् भने अध्यक्ष नै बस्न खोजेको, महाधिवेशन गरेको दुराशयपूर्ण छ भन्ने, प्रिय कमरेडहरू, यो स्तरको आशंका नगरियोस्।’
माओवादी केन्द्रले पार्टीमा परिवारवादको अन्त्य र सबै कमिटीहरूमा जेन–जी पुस्ताको अनिवार्य सहभागीता गराउने निर्णय गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया