बिएल संवाददाता
गृहमन्त्री ओमप्रकाश अर्यालले शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्न लागिएको विषयमा जवाफ दिएका छन्।
बिहीबार मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले अनुसन्धान गर्ने निकायले आवश्यक परे पक्राउ पनि गर्न सक्ने बताए।
उनले भने, ‘अनुसन्धान गर्ने निकायले केके रोक्का गर्नुपर्छ...त्यतिमात्र किन पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनुपर्ने होला। जे हुन्छ त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो।’
उनले आफूहरू पनि जेन–जीको माग बोकेर हिँडेको व्यक्ति भएकाले जेन–जीको मुद्धा कहिल्यै नभुल्ने जिकिर गरे।
भने, ‘हामी पनि त्यै सडकबाट आएको मान्छे हो। जेन–जीले जे मुद्धा उठाउनु भएको थियो त्यही मुद्धा उठाएर हिँडेका हौं हामीहरू पनि। भ्रष्टारविरुद्ध सुशासनको पक्षमा लडेर आएको मान्छे हो भनिसकेपछि जेन–जीको मुद्धा हामीले छोड्ने कुरै हुँदैन नि।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया