बिएल संवाददाता
                                नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान परिमार्जनको आवश्यकता रहेको बताएका छन्।
जनकपुरधाममा बिहीबार नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयको निरीक्षण तथा पार्टी कार्यकर्ताहरूसँग भेटघाट गर्दै महामन्त्री शर्माले पटक–पटक भएको आन्दोलनकै कारण प्राप्त भएको संविधान परिमार्जन गर्दै सबैको अपनत्व हुने गरी मधेशी, कर्णालीवासी, आदिवासी, जनजाति, थारुलगायत सीमान्तकृत वर्गलाई थप अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए।
यही भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मुद्दाको सम्बोधन गर्न उनले सरकारसँग माग गरे। तर उनीहरूको माग सम्बोधन गर्ने नाममा पहिलाको हकअधिकार नमास्न समेत आग्रह गरे।
जेन–जी आन्दोलनको नाममा प्रतिनिधिसभा विघटन गर्नु दुःखद भएको टिप्पणीसमेत गरे। उनले जेनजी आन्दोलनको माग विघटन नभइ उनीहरूको मुद्दाको सम्बोधन गनुपर्नेमा अन्यथा गर्नु नै गलत रहेको स्पष्ट पारे।
उनले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गरी जेन–जीको माग पूरा गर्न आग्रह गरे।
अर्को प्रसंगमा उनले पार्टीहरूमा रुपान्तरण हुनुपर्ने बताए। उनले जेन–जी आन्दोलनको क्रममा राजनीतिक पार्टीहरूमा पुस्तान्तरणको विषयले जोडतोड पाएकाले यसप्रति कांग्रेसभित्र पनि छलफल भइरहेको बताए।
मधेश प्रदेश सरकारमा पनि कांग्रेसले दाबी गरेको छ। उनले मधेश प्रदेशको सरकार अब कांग्रेसले नेतृत्व गर्ने बताए।
उनले मधेश प्रदेश स्वायत्तता रहेकाले कांग्रेस मधेश प्रदेशको सभापति कृष्णप्रसाद यादवले नै नेतृत्व हुने गरी प्रदेश सरकारका लागि पहलकदमी लिनुपर्ने बताए।
उनले काम चलाउ मुख्यमन्त्री सतीशकुमार सिंहलाई मधेश प्रदेश सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गरे।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया