बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले कार्कीसँग आधा घण्टा अनौपचारिक भेटवार्ता गरेको बालुवाटार स्रोतले बतायो।
स्रोतका अनुसार बालेनले जेन–जी आन्दोलनको माग अनुसार काम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्रीले जेन-जीको मागमा आफू प्रतिवद्ध रहेको र उनले निर्वाचन र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाइन्।
स्रोतका अनुसार छलफलमा प्रधानमन्त्रीको सचिवालय सदस्यहरू र श्रीमान दुर्गा सुवेदी पनि थिए, भने बालेनको तर्फबाट सहयोगी कुमार बेनसहितको टोली थियो।
त्यस्तै बालेनले भेटमा जेन–जी आन्दोलनमा प्रदर्शनमाथि गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएकामा असन्तुष्टी जनाएका थिए। सरकार गठन भएको यतिका दिनसम्म गोली चलाउने र आदेश दिनेहरू पक्राउ नपरेकामा उनको प्रश्न थियो।
यतिका दिनसम्म गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन्? अहिलेसम्म उनीहरूलाई किन पक्राउ गरिएन? पीडित परिवारहरूले प्रश्न उठाइरहेका छन्। तत्काल कारबाही नभए असन्तोष बढ्दै जानेतर्फ सचेत हनुपर्छ।’
प्रधानमन्त्री कार्कीले आफू यस विषयमा गम्भीरताका साथ काम गरिरहेको र
अत्याचार गर्ने, शक्तिको दुरुपयोग गर्ने कसैले उन्मुक्ति नदिइने प्रतिवद्धता जनाएको बालेननिकट स्रोतले भन्यो।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया