 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन-जी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिनका लागि सहयोग गर्ने बताएको छ।
मंगलबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले अरु पार्टीले आफ्ना कार्यकर्ता बचाउन अग्रसर रहेको भन्दै रास्वपाले भने अनुसन्धानमा राज्यलाई सघाउने बताएका हुन्।
उनले आन्दोलनका क्रममा आफ्ना पार्टीका केही कार्यकर्ताहरूको तस्बिर भिडियोहरू सार्वजनिक रुपमा आउँदा आत्मालोचनासहित राजीनामा दिएको बताए।
उनले भने, ‘पोखराका केही घटनाहरूमा केही साथीहरूको तस्बिर भिडियोहरू आयो। सैद्धान्तिक निर्णय केन्द्रले गरेको आधारमा कास्की जिल्ला समितिले आफैं दुई जना वडा सभापतिहरूलाई कारबाही गर्यो।’ 
साथै उनले अरु पार्टीले भने कार्यकर्ताको संरक्षण र अपराधीकरणको संरक्षण गरिरहेको बताए।
‘तस्बिर आइसक्यो, भिडियो आइसक्यो, प्रमाणित भइसक्यो, प्रमाणसहित समाचार आइसक्दा पनि अरु पार्टीले आफ्नो कार्यकर्ताको संरक्षण र अपराधिकरणको संरक्षण गरिरहेको छ। राज्यले जुन अनुसन्धान, छानविन गर्दैछ। त्यसलाई सघाउ पुर्याउन तयार छौं। अभियोगहरूका बारेमा छानबिन गर्न आग्रह पनि गर्दछौं,’ उनले भने।
उनले नक्खु कारागारमा आगलागी नगर्न रोक्दै गरेको भिडियोमा अरू क्लिप राखेर आफूमाथि गलत आरोप लगाइएको पनि बताए।
उनले आफ्नै पार्टी सभापति दुई मिटर टाढा रहेको र सभापतिलाई स्वागत गर्न आएको जमातले आगो लगाउँछ कि भन्ने डरले रोक्न गएको बताए।
उनले आफूमाथि छानबिन गर्न आग्रह गर्दै भने, ‘मेरो छानबिन नहोस् भनेको होइन, म माथि पनि छानबिन होस्।’
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया