बिएल संवाददाता
सरकारले जेन–जी आन्दोलनमा दमनकारी भूमिका खेलेको आरोप लागेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दुवाडीलाई योजना आयोगको सचिवालयमा सरुवा गरेर रक्षासचिव रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकिको छ।
गत मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको खुलेको छ। निर्णय आज र भोलिमा कार्यान्वयन हुने स्रोतले बतायो।
दुवाडीको नाम यसअघि भिजिट भिसा प्रकरणमा पनि मुछिएको थियो। तत्कालिन गृहमन्त्री रमेश लेखकको आडमा दुवाडी आर्थिक अनियमिततामा सक्रिय रहेको आरोप लाग्ने गरेको छ।
जेन-जी विद्रोहको बलमा बनेको अन्तरिम सरकारले दुवाडीलाई गृहसचिवबाट हटाएको हो। अब दुवाडीलाई जेन–जी आन्दोलनमा दमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने जेन–जी नेताहरूको माग छ।
त्यस्तै अब कुलिङ पिरियड जस्ता प्रकरणमा मुछिएका मुख्यसचिव एकनारायण अर्याललाई पनि छानबिनको दायरामा ल्याएर पदमुक्त गर्नुपर्ने जेन–जीको माग छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया