 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन्।
आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खनालले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले ६ महिनाभित्रका केही फाउन्डेसनहरू स्थापना गर्नुपर्ने बताए।
उनले भने, ‘हुन त ६ महिनाको लागि सञ्चारमन्त्री आएर कुनै कायापलट हुने होइन। तर भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले देखिने गरेर र जनतालाई महशुस हुनेगरी यो ६ महिनाभित्रका केही फाउन्डेसनहरू हामीले स्थापना गर्नुपर्ने छ।’
यस्तै, उनले खरानी टक्टक्याएर जीवन र धरोहरहरूको पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै भ्रष्टाचारको विषयमा ‘सरकार निर्मम भएर काम गरिरहेको छ’ भन्ने अनुभूति जनतालाई गराउनुपर्ने बताए।
उनले भने, ‘भ्रष्टाचार पनि ६ महिनामा हट्दैन। तर घटाउँदै जाने हो। जनताले पनि यो विषयमा सरकार निर्मम छ है, काम गर्दै छ है भन्ने अनुभूति गराउन सकिन्छ। हामी खरानी टक्टक्याएर जीवन र धरोहरको पुनर्निर्माण गर्नुपर्ने छ।’
राजनीतिक हस्तक्षेप भएन र नेता, मन्त्रीको चम्चा बनिएन भने स्वतन्त्र रुपमा अगाडि बढ्न सकिने पनि उनको भनाइ छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया