बिएल संवाददाता
जेन–जेड–वाई–एक्स उमेर समूहका अगुवाहरुले जेन–जेड–वाई–एक्स नेपाल समिति निर्माण गरेका छन्। यस समितिको संयोजक युवराज सफलले गरेका छन्।
आइतबार रिपोर्टस क्लवमा एक कार्यक्रम आयोजना गर्दै संयोजक सफलले समितिको घोषणा गरेका हुन्।
उनले देशका लागि योगदान गर्न सक्ने तीन पुस्ता जेन–जेड–वाई–एक्स मिले मात्र देशले निकास पाउने बताए।
उनले भने, ‘जेन–जेड पुस्ताको मागप्रति मेरो र हाम्रो पुस्ताका प्रतिवद्धता छ। त्यही भएर जेन–जेड पुस्तासहित जेन–जेड–वाई–एक्स भनेर तीनवटै पुस्तालाई समेटेर समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। जेन–जेड १३ वर्षदेखी २८ वर्षका हुन्छन्। त्यसैले २८ वर्ष भन्दा उता ४५ वर्ष भन्दा यता पनि त छन्।’
उनले थपे, ‘देशका लागि गर्न खोज्ने मानिस पनि होलान् नि त त्यसैले यो तीनवटै पुस्ता मिलेर मात्र देश बन्न सक्छ। हामी अगाडि बढ्न सक्छौ भन्ने लागेर आज जेन–जेड–वाई–एक्स नेपाल को एउटा केन्द्रिय कमिटि घोषणा गर्न लागेका हौ।’
उनले ५ देखि ७ सदस्यीय निर्देशक समिति गठन हुने त्यस अनुसार सबैसँग समन्वय र वार्ता गर्ने जानकारी दिए।
‘आज हाम्रो ५/७ सदस्यीय निर्देशक समिति गठन हुन्छ। निर्देशक समितिले आवश्यक समन्वय गरेर जेन–जेडहरूसँग पनि वार्ता गर्छ। अरु वाई पुस्ता र एक्स पुस्तासँग पनि वार्ता गर्छ। सबैसँग वार्ता र समन्वय गरेर राष्ट्रिय सहमति गरेर मात्र यो देशले निकास पाउँछ,’ उनले भने।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया