
बिएल संवाददाता
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउने व्यवस्था गर्ने बताएका छन्।
बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा मन्त्री अर्यालले विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताए।
समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै उनले यसलाई सम्भव बनाउनुपर्ने बताएका हुन् ।
उनले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्न दिनुपर्ने विषयमा जोड दिए।
‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनुपर्ने माग अहिले धेरै ठूलो अपेक्षा बनेको छ,’ उनले भने, ‘सर्वोच्च अदालतले समेत यस विषयमा आदेश दिइसकेको धेरै वर्ष भइसकेको छ। अब यसलाई सम्भव बनाउनैपर्छ। प्राविधिक कठिनाइ भएपनि जहाँबाट सकिन्छ, यो व्यवस्था लागू गर्नु आवश्यक छ।’
गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई समावेशी र सहभागीमूलक बनाउन सबै पक्षलाई समेट्ने प्रयास आवश्यक रहेको भन्दै निर्वाचन आयोगसँग सहकार्यमा रहन सरकार तयार रहेको स्पष्ट पारे।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया