बिएल संवाददाता
जेन–जी आन्दोलनको तरंग र उथलपुथलपछिको ९ दिन बितिसक्दा बागमती प्रदेश सभा र अधिकांश मन्त्रालय अझै प्रभावित छन्। भौतिक संरचना र अभिलेख नष्ट हुँदा प्रशासनिक काम ठप्प छन्।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्री र मन्त्रीहरू संवेदनशील घडीमा बेपत्ता भएको आरोप लगाएका छन्। भन्छन्, ‘आज प्रदेश सरकार खोज्नुपर्ने अवस्था आएको छ।’
एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालले तत्काल संसद बैठक बोलाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘चौरमा बसेर, पाल टाँगेर भए पनि संसद चलाउनुपर्छ। सरकार भाग्न मिल्दैन, लुक्न मिल्दैन।’
नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोसाईले संकटको बेला जनतामाझ माफी मागेर इमान्दारिताका साथ अघि बढ्न सरकारलाई आग्रह गरे।
प्रतिपक्षी दलहरूले आन्दोलनपछिको क्षतिको आधिकारिक विवरण अझै सार्वजनिक नगरेर प्रदेश सरकार जिम्मेवारीबाट उम्कन खोजेको आरोप लगाएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया