बिएल संवाददाता
अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री नियुक्त भएका छन्। पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)का कानुनी सल्लाहकार रहेका अर्याल गृहमन्त्री नियुक्त भएका हुन्।
सोमबार राष्ट्रपति कार्यालयमा अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीहरू अधिवक्ता ओमप्रकाश अर्याल, पूर्वअर्थसचिव रामेश्वर खनाल र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङले शपथ ग्रहण गरेका छन्।
अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गृहमन्त्रीमा नियुक्त भएका अर्याल काबिल कानुन व्यवसायी हुन्। उनले बहुचर्चित गिरिबन्धु टी–स्टेट प्रकरणमा सर्वोच्च अदालतमा मुद्धा दायर गरेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएका थिए।
त्यस्तै उनले तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध पनि मुद्धा लडेका थिए। सो मुद्धामा कार्कीले अख्तियारबाट हात धुनुपरेको थियो।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया