बिएल संवाददाता
पार्टी सभापतिको गल्तीको बोझ पार्टीले बोक्नुपरेको आरोप लगाउँदै रास्वपा छाडेकी सुमना श्रेष्ठले अन्य दलका युवा नेताहरूलाई पनि पार्टी परित्याग गर्ने हिम्मत देखाउन आह्वान गरेकी छन्।
कांग्रेस, एमालेलगायत दलका युवानेताहरूलाई आफ्ना नेताको पूजा गर्न छाडेर कि पार्टी सुधार्न कि पार्टी छाड्न आह्वान गरेकी हुन्।
उनले भनेकी छन्, ‘कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्। आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बेहोरा हो। त्यो किन बोकेर बस्नु हुन्छ? अहिले सहि समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।’
त्यस्तै उनले रास्वपा सभापति रवि लामिछानेमाथि आरोप लगाउँदै भनिन्, ‘कहिलै गल्ती नस्विकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने।’
उनले पार्टीमा केन्द्रीय सदस्य ज्वाला संग्रौलाहरूको आफूमाथिको आक्रमणको पनि निन्दा गरेकी छन्।
उनले भनेकी छन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेला देखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कति पनि फरक पारेन। अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होलाI QUIT. मैले पार्टी छोडें।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया