बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब राजनीति छाड्नुपर्ने बताएका छन्।
शनिबार ‘आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्प!’ सहित शर्माले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै तीन नेताले राजनीतिबाट बिदा लिएर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए।
लामो समयदेखि निर्वाचन भए पनि तीन नेताकै वरिपरि सरकार घुमिरहेपछि जनतामा आक्रोश पैदा भएको उनले बताएका छन्।
उनले भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘मैले पार्टीमा पनि कुरा राखेको हुँ तर निर्णय गराउन सकिनँ, चुनाव हुन्छ। नयाँ सरकार बन्छ प्रधानमन्त्री उनीहरू नै। उहाँले अहिले छोड्नुहुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने, त्यसैले अब यसलाई सिस्टममा ल्याऔँ। विधिमा ल्याऔँ। ताकि भोलि गगन-विश्वको पुस्ताले नेतृत्व गर्दैगर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस्।’
उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन र सांसद चार पटक भन्दा बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताए। उनले अब पार्टीमा आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने बताए।
उनले भनेका छन्, ‘मैले भन्दै आएको थिएँ- सभापतिज्यु अब तपाईं प्रधानमन्त्री बन्नतिर लाग्नुहुन्न, तपाईंले त्याग गर्नुपर्छl जोड दिएको थिएँ - देउवा, दहाल र ओलि ३ जनाले नै छोड्नुपर्छ, अभिभावक बन्नुपर्छ l सिद्धान्त पेश गरेको थिएँ- `वान_ टु _थ्री _फो´l रास्ट्रपति एकपटक मात्र, प्रधानमन्त्री दुइपटक मात्र, मन्त्री तिनपटक मात्र, सांसद चारपटक....! बदलिएको समयको पदचाप बुझ्न नसक्नु/ बुझाउन नसक्नुl अरुको होइन मेरै हो दोषl त्यसैले नयाँ शुरुवात गर्न जरुरी छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया