
बिएल संवाददाता
जेन–जी विद्रोहपछि नेकपा एमालेमा पार्टी पुनर्गठनको बहस सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिता र अकर्मण्यताकै कारण पार्टीको साख धुलिसात् भएको निष्कर्षसहित तेस्रो पुस्ताका युवा नेताहरूले पार्टी पुनर्जीवन र पुनर्गठन बहस थालेका हुन्।
दोस्रो र तेस्रो तहका र ओली इतरका नेताहरूले पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई अघि सार्दै पुनर्जीवन अभियान देशभर विस्तारको तयारी गरेका छन्।
एमाले केन्द्रीय सदस्य ईश्वरी जीएमले सामाजिक सञ्जालमा शाक्यको तस्बिर सेयर गर्दै भने ‘बेदाग, आदर्शशिल व्यक्तित्व अष्टलक्ष्मी शाक्य दिदी’ भनेकी छन्। उनले उनले एमालेमा हालसम्म बेदाग देखिएकी शाक्यलाई नेतृत्वमा अघि सारेर पार्टी पुनर्गठनको अभियान जनतामा लैजान खोजिएको बताइन्।
ओली पार्टीमा बिस्तारै अस्वीकार्य बन्दै गएका छन्। यस्तोमा इतरका नेताहरूले पार्टी पुनर्गठनको बहस थालेका हुन्। रचना खड्कालगायत नेताहरू पनि अभियानमा जोडिएका छन्। अब ओलीको नेतृत्व प्रतिस्थापनको विकल्प नभएको नेताहरूको बुझाइ छ। जसका लागि अब पार्टीभित्रै र जनतामा पनि यो बहस चलाइने भएको छ।
पार्टीभित्र पहिल्यैदेखि ओलीको स्वेच्छाचारिताको आलोचना गर्दै विद्रोहसमेत गरिरहेकी शाक्य सर्वस्वीकार्य विकल्प हुने नेताहरूको बुझाइ छ। पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रवेश रोक लगाउने विषय होस् वा अध्यक्ष ओलीलाई आजीवन अध्यक्ष बनाउन हटाइएको २ कार्यकाल र ७० वर्षे उमेरहद हटाउने निर्णय, शाक्यले विरोध गर्दै आइरहेकी छन्।
शाक्यको बेदाग व्यक्तित्व र निडर स्वभावका कारण इतरका साथै संस्थापन पक्षको पनि साझा नेता बन्ने क्षमता रहेको नेताहरू बताउँछन्।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया