बिएल संवाददाता
नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा भएको जनाएको छ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थीत सनराईज सभाहलमा हुने सम्मेलनको तयारी पुरा भएको जनाएको हो।
बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्हरु दुई हजार ७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् बाहेकका ३ सय ८१ जना आयोजक कमिटी सहित २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ। दुई दिनसम्म चल्ने बैठकमा बिभिन्न प्रतिवेदन पेश हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।
प्रथम बिधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनपछि हुन गइरहेको प्रतिनिधि परिषद्को बैठक वैधानिक हिसाबले सबैभन्दा ठूलो औपचारिक फोरम भएको बताए। बैठकमा एमालेका विभिन्न अभियानको समिक्षा हुने र मिसन ८४ को तयारीका लागि बैठकमार्फत सुझाव संकलन गरिने पोखरेलले बताए।
त्यस्तै पोखरेलले लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा सत्ता र प्रतिपक्ष सबैसँग मिलेर काम गर्न तयार रहेको बताए। उनले अहिलेको अवस्थामा मुलुकलाई सही बाटोमा अघि बढाउन एमालेको ध्यान रहेको धारणा राखे।
प्रतिनिधि परिषद्को बैठकपछि वैशाख १० गते एमालेले नेकपा स्थापनाको हिरक महोत्सव पनि मनाउने जनाएको छ। उक्त कार्यक्रममा अध्यक्ष केपी ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा लगायतले सम्बोधन गर्ने एमालेले जनाएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया