सोमबार, ०८ सेप्टेम्बर २०२५

दुई महामन्त्रीलाई सँगै राखेर गृहमन्त्रीलाई देउवाले भनेः राजीनामा दिनुस्

News Image
• • •

जेन-जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा २० जना युवाको मृत्यु भएपछि राजनीतिमा उथलपुथलको संकेत देखिएको छ।

सत्तारुढ नेपाली कांग्रेसले सरकार छाड्न लागेको चर्चासँगै सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन्।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई बोलाइएको छ।

यसअघि नै गृहमन्त्रीले सुरक्षा प्रमुखबाट ब्रिफिङ लिएका थिए। र उनले पदाधिकारी बैठकमा उक्त ब्रिफिङ सुनाएका थिए।

बैठकमा सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सँगै राखेर गृहमन्त्रीलाई राजीनामा दिन भनेका छन्।

यसअघि नै देउवाले दुई महामन्त्रीलाई बोलाएर छलफल गरिसकेका थिए। उनीहरूले देउवालाई सरकारबाट बाहिरिन सुझाव दिइसकेका छन्। पदाधिकारी बैठकमा सरकार छाड्ने विषयमा छलफल हुने बताइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!