बिएल संवाददाता
नेपाली कांग्रेसले सरकारबाट बाहिरिने तयारी गरेको छ।
कांग्रेस उच्च स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा सरकारबाट बाहिरिने विषयमा छलफल हुदैछ।
बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्दैछ। स्रोतका अनुसार भोलि सरकारबाट बाहिरिने कांग्रेसको तयारी छ।
स्रोतले भन्यो, ‘अब कांग्रेस सरकारमा बस्नुको औचित्य सकियो। सरकार निरंकुश भयो। यतिको नरसंहार ०६२/६३ को आन्दोलनमा पनि भएको थिएन। आजै निर्णय हुनसक्छ। भोलि बाहिरिने तयारी छ।’
देउवाका स्वकीय सचिव भानु देउवाले दुई महामन्त्रीले सभापति देउवासँग सरकार छाड्नेबारे प्रस्ताव गरेको खुलासा गरेका छन्। देउवाले तत्कालै प्रधानमन्त्रीसँग अहिलेको परिस्थितिबारे छलफल गरेर निर्णय गर्ने बताएका थिए।
आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया