बिएल संवाददाता
नेपाली कांग्रेसले सरकारबाट बाहिरिने तयारी गरेको छ।
कांग्रेस उच्च स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा सरकारबाट बाहिरिने विषयमा छलफल हुदैछ।
बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्दैछ। स्रोतका अनुसार भोलि सरकारबाट बाहिरिने कांग्रेसको तयारी छ।
स्रोतले भन्यो, ‘अब कांग्रेस सरकारमा बस्नुको औचित्य सकियो। सरकार निरंकुश भयो। यतिको नरसंहार ०६२/६३ को आन्दोलनमा पनि भएको थिएन। आजै निर्णय हुनसक्छ। भोलि बाहिरिने तयारी छ।’
देउवाका स्वकीय सचिव भानु देउवाले दुई महामन्त्रीले सभापति देउवासँग सरकार छाड्नेबारे प्रस्ताव गरेको खुलासा गरेका छन्। देउवाले तत्कालै प्रधानमन्त्रीसँग अहिलेको परिस्थितिबारे छलफल गरेर निर्णय गर्ने बताएका थिए।
आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया