बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको तयारीमा रहेका ‘जेन–जी’लाई विधि, कानुन उल्लघंन नगर्न चेतावनी दिएका छन्।
ललितपुरको गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशन समापनका क्रममा ओलीले नयाँ पुस्ता राष्ट्रियताप्रति सचेत र विधि, कानुनबारे स्पष्ट छन् भन्ने अपेक्षा आफूले राखेको बताए।
ओलीले भने, ‘जेनजीले आफ्ना कुरा राख्न पाउँछ, पाउनुपर्छ। देशको नीति, नियम अनि राष्ट्रिय हितबारे उसले स्पष्ट धारणा बनाएको छ भन्ने म ठान्छु। कसैले विधि, कानुन उल्लघंन गर्न पाउँदैन।’
ओलीले ‘जेन जी’ पुस्ता दुरुपयोग हुनसक्ने भन्दै सचेत रहनुपर्ने बताए।
‘हामीले सामाजिक सञ्जाल बन्द गर्न खोजेको होइन, दर्तामात्र गराउन भनेका हौं। एक वर्षदेखि तारनतार ताकेता गर्दा पनि नमानेपछि अहिलेको अवस्था आएको हो,’ ओलीले भने, ‘जेन जी पुस्तालाई दुरुपयोग गर्न सक्छन्। त्यसप्रति सचेत हुनुपर्छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया