बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको तयारीमा रहेका ‘जेन–जी’लाई विधि, कानुन उल्लघंन नगर्न चेतावनी दिएका छन्।
ललितपुरको गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशन समापनका क्रममा ओलीले नयाँ पुस्ता राष्ट्रियताप्रति सचेत र विधि, कानुनबारे स्पष्ट छन् भन्ने अपेक्षा आफूले राखेको बताए।
ओलीले भने, ‘जेनजीले आफ्ना कुरा राख्न पाउँछ, पाउनुपर्छ। देशको नीति, नियम अनि राष्ट्रिय हितबारे उसले स्पष्ट धारणा बनाएको छ भन्ने म ठान्छु। कसैले विधि, कानुन उल्लघंन गर्न पाउँदैन।’
ओलीले ‘जेन जी’ पुस्ता दुरुपयोग हुनसक्ने भन्दै सचेत रहनुपर्ने बताए।
‘हामीले सामाजिक सञ्जाल बन्द गर्न खोजेको होइन, दर्तामात्र गराउन भनेका हौं। एक वर्षदेखि तारनतार ताकेता गर्दा पनि नमानेपछि अहिलेको अवस्था आएको हो,’ ओलीले भने, ‘जेन जी पुस्तालाई दुरुपयोग गर्न सक्छन्। त्यसप्रति सचेत हुनुपर्छ।’
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया