बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिक अवस्थालाई बीपी कोइरालाको विचारबाट मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन्।
शनिबार विश्वेश्वरप्रसाद कोइरालाको ११२औं जन्मजयन्तीको अवसरमा आयोजित ‘बीपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा बोल्दै थापाले दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए।
‘पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, र भारतजस्ता मुलुकसँग तुलना गर्दा नेपाल लोकतन्त्रको दृष्टिले सहज अवस्थामा छ,’ थापाले भने, ‘लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष आवधिक निर्वाचन हो र त्यही निर्वाचनबाट आएको शक्तिलाई सहज रुपमा सत्ता हस्तान्तरण गर्ने प्रक्रिया हो। नेपाल अहिले यही चक्रमा स्थापित भइसकेको छ।’
थापाले नेपाली समाजमा बढ्दो असन्तुष्टि र बेचैनीप्रति पनि ध्यानाकर्षण गराउँदै अहिले देशभर आक्रोश र निराशा बढेको बताए।
‘हामी सबैले महशुस गरेको कुरा नेपाली समाजमा बेचैनी व्याप्त छ,’ उनले भने, ‘पहिलाको समयमा आशा थियो नेपालमा तर अहिले व्यापक असन्तुष्टि छ। आक्रोश छ। कहीं न कहीं आगो बलेको देखिन्छ। यो समस्या नेपालको मात्रै नभइ विश्वभरी यस्तै भइरहेको छ।’
थापाले यस्ता परिस्थितिमा बीपी कोइरालाको लोकतान्त्रिक सोच र समाजवादी दृष्टिकोणलाई आत्मसात गर्दै वर्तमान समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया