बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिक अवस्थालाई बीपी कोइरालाको विचारबाट मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन्।
शनिबार विश्वेश्वरप्रसाद कोइरालाको ११२औं जन्मजयन्तीको अवसरमा आयोजित ‘बीपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा बोल्दै थापाले दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए।
‘पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, र भारतजस्ता मुलुकसँग तुलना गर्दा नेपाल लोकतन्त्रको दृष्टिले सहज अवस्थामा छ,’ थापाले भने, ‘लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष आवधिक निर्वाचन हो र त्यही निर्वाचनबाट आएको शक्तिलाई सहज रुपमा सत्ता हस्तान्तरण गर्ने प्रक्रिया हो। नेपाल अहिले यही चक्रमा स्थापित भइसकेको छ।’
थापाले नेपाली समाजमा बढ्दो असन्तुष्टि र बेचैनीप्रति पनि ध्यानाकर्षण गराउँदै अहिले देशभर आक्रोश र निराशा बढेको बताए।
‘हामी सबैले महशुस गरेको कुरा नेपाली समाजमा बेचैनी व्याप्त छ,’ उनले भने, ‘पहिलाको समयमा आशा थियो नेपालमा तर अहिले व्यापक असन्तुष्टि छ। आक्रोश छ। कहीं न कहीं आगो बलेको देखिन्छ। यो समस्या नेपालको मात्रै नभइ विश्वभरी यस्तै भइरहेको छ।’
थापाले यस्ता परिस्थितिमा बीपी कोइरालाको लोकतान्त्रिक सोच र समाजवादी दृष्टिकोणलाई आत्मसात गर्दै वर्तमान समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया