
बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नेसपा) ले यही वैशाखदेखि भदौसम्म महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
नेसपा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा वैशाख ५ र ६ गते बसेको सचिवालय बैठकले महाधिवेशनका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
संघ, प्रदेश र स्थानीयस्तरमा वैकल्पिक राजनीति र यसका आयामहरूबारे नेतृत्व सबलीकरण र वैचारिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता कृष्ण शर्माले जानकारी दिए। उनकाअनुसार वैशाख २८ र २९ गते काठमाडौँमा केन्द्रीय अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ।
देश र जनताका जल्दाबल्दा सवालहरूलाई लिएर संघ, प्रदेश र स्थानीय तहसम्म व्यापक अभियानहरू सञ्चालन गर्ने निर्णय बैठकले गरेको पनि प्रवक्ता शर्माले बताए।
जनजीविकाका सवाल र समसामयिक राजनीतिक मुद्दाहरूलाई लिएर विभिन्न अभियानहरू सञ्चालन गर्न नीति, विचार, कार्यक्रम र मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद र सहकार्यको निर्णय बैठकले गरेको छ।
यसका लागि पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनाम सिं स्याङतान र मानुषी यमि भट्टराई रहेको राजनीतिक संवाद समिति गठन गरिएको छ।
यही वैशाख १५ मा हुने उपनिर्वाचनमा बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं–१ को हकमा राइट टू नो भोटको नीति अपनाउने निर्णय सचिवालय बैठकले गरेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया