बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)ले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने सत्तारुढ दलको तयारीको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ।
मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम केही नगरेको उल्लेख गर्दै एउटा आदिवासी जनजाति र सामाजिक सेवामा सक्रिय महिलालाई हटाउने प्रयास गलत भएकाले त्यसको विरुद्धमा उभिने बताए।
उनले भने, ‘उहाँहरूको प्रयास त पहिलेदेखि कै हो। तर त्यो गलत गर्दै हुनुहुन्छ उहाँहरू। गल्ती त उहाँहरूले गरी नै राख्नुभएको छ। यो सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम त गरेकै छैन। एउटा महिला आदिवासी जनजाति, सामाजिक सेवा गरेको महिलालाई हटाउने प्रयास गलत छ। हामी त्यसको विरोध गछौं।’
त्यस्तै उनले उपसभामुख रानाले नराम्रो काम गरेको भन्ने केही पनि प्रमाण नभएको भन्दै त्यो खाली कपोकल्पीत मात्र भएको बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया