बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘पूराना राजनीतिक दलहरू केही गर्न सक्दैनन्’ भन्ने भाष्य चिर्नुपर्ने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित तीज पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताउँदै यस्ता भाष्य चिर्न आवश्यक रहेको बताए।
उनले भने, ‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र अपभाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेका छन्। तर हामीले यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ सशक्त र क्रियाशील हुन आवश्यक छ।’
देउवाले ०८४ को निर्वाचनमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने बताए।
उनले भने, ‘कांग्रेसका सबै शुभेच्छुकहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सबैजना एकताबद्ध भएर अघि बढ्न आवश्यक छ।’
देउवाले तीज पर्वले महिलाहरूको आपसी सद्भाव,समानता र महिला सहभागितामा टेवा पुग्ने धारणा राखे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया